अपडेट 
२०७७ पुष २७, सोमबार ०७:३५

बाराको करैयामा गाँउपालिका वडा नम्बर ७ स्थित जनता माबिको प्राङगनमा निशुल्क स्वास्थ्य शिविर आईतवार सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय नं २ प्रदेश, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा श्री चन्दननाथ गण र श्री नं २८ फि. ए. गुल्मको संयोजकत्वमा स्वास्थ्य शिविर गरिएको छ । नेपाली सेना र नागरिक बिचको सम्बन्ध प्रगाढ बनाउन र जनतासंग घुलमिल गर्नमा सहयोग पुग्ने उदेश्यले सो शिविरको आयोजना गरिएको श्री नम्बर २८ बाहिनीका बाहिनीपति जोनसन खडकाले जानकारी दिए ।

बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म श्री नं. २८ फि.ए. का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानियहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरेका थिए । “दुःखको बेला नेपाली सेना, जनतासँग“ भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाईरसका कारण तथा आर्थिक विपन्नताको कारण औषधी उपचार गराउन नपाएका सर्वसाधारणको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताए । शिविरमा १ सय ८९ जना महिला १ सय ४५ जना पुरुष र ७६ जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको थियो । महिलाहरुमा धेरै सन्तान जन्माउने कारणले हुने समस्याहरु सो शिविरमा उपचारको लागि आएका अधिकांश महिलाहरुमा देखिएको थियो ।

स्वास्थ्य परीक्षण गर्दा स्थानियहरुमा श्वास प्रश्वास, ग्याष्ट्रिक, हाडजोर्नी, एलर्जि, पेट सम्बन्धिका रोगहरु बढि मात्रामा देखिएको र उक्त शिविरमा स्थानियहरुलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, ई. सी. जी. लगायतका सेवाहरु प्रदान गरि निःशुल्क औषधी वितरण गरिएको थियो । श्री नम्बर २८ फिल्ड एम्बुलेन्सका डा. अधिकृत सह सेनानी सृष्टिना प्रधानको नेतृत्वमा १५ जना मेडिकल टिमले चेकजाच गरेका थिए । आफ्नै गाउँ ठाउँमा निःशुल्क स्वास्थ्य उपचार तथा औषधी पाएपछि स्थानिय सिदिया सहनीले खुशी गर्दै नेपाली सेनालाई धन्यवाद दिए ।

यसअघि रौतहटमा शिविरको आयोजना गरिसकेको हो भने निकट भविश्यमा पर्सा जिल्ला र बारा जिल्लाको केही ठाँउमा शिविरको आयोजना गर्ने चन्दनगण गुल्मका प्रमुख सेनानी गोतामेले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News