अपडेट 
२०७७ पुष २७, सोमबार ०७:४९

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आइतबार बिहान दुई पक्ष बीच दोहोरो झड्प भएको छ ।

गाउँपालिका अध्यक्ष बिक्रम यादवले स्थानीय राम जिनिस साह कानु माथि निर्घात कुटपिट गरेको आरोप लगाउँदै अध्यक्षपक्ष र स्थानीय बासिन्दा बीच दोहोरो झडप भएको हो । गाउँपालिका अध्यक्ष यादवले साहलाई आपैm कुटपिट गरेको भन्दै सयौंको संख्यामा आएका स्थानीयहरूले गाउँपालिकाको कार्यालयमा ढुंगामुढा गरि दुई दर्जन भन्दा बढी सवारीसाधनमा तोडफोड गरेका छन ।

आक्रोशित स्थानीयहरुले कार्यालयका कर्मचारीहरुलाई समेत कुटपिट गरि अध्यक्ष यादव चढ्ने स्कारपियो जिपमा पनि क्षति पुर्याएका छन् । गाउँपालिका अध्यक्ष यादवले आपूmले कसैलाई कुटपिट नगरेको प्रष्टयाए । बिपक्षीहरूले निराधार आरोप लगाएर बदनाम गर्न खोजेको दावी गरे ।स्थिति थप तनाबपूर्ण हुन नदिन अहिले चक्रघट्टामा ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News