२०७७ पुष २७, सोमबार ०८:०१
हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ।
साेमवार दिउँसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती प्रदेश १, प्रदेश नम्वर २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।


