प्रतिनिधि सभा विघटन पश्चात महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी जुली कुमारी महतो ६ दिनको गृह जिल्लाको बसाईपछि काठमाण्डु प्रस्थान गरेकी छिन् ।
नेकपाको समानुपातिक कोटामा प्रधानमन्त्री केपि शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभाको सदस्य भएकी थिईन । तर नेकपा विभाजनको अवस्थामा पुगेपछि ओली समुहमा लागेकी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको जिम्मेवारी दिएको छ । संसद् विघटन भएपनि मन्त्री महतोपनि पुर्व सासद हुन पुगेकि छिन् । मन्त्री महतो नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री रघुवीर महासेठका पत्नी हुन् । महासेठ सुरुमा प्रचण्ड–नेपाल समुहमा लागेपनि पछि ओलीले श्रीमति महतोलाई मन्त्री बनाउने आश्वासन दिएपछि उनीपनि ओली समुहमा लागेका थिए । कामचलाउ सरकारको टिके मन्त्री भएपनि उनी निर्वाचित मन्त्री जस्तै आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेपनि धनुषा बसाईको क्रममा पुलको शिलान्यास तथा उद्घाटनमा अधिकांश समय खर्चेकी छन् । धनुषा बसाईको क्रममा मन्त्री महतोले धनुषा र महोत्तरी गरि विभिन्न ६ वटा पुलको शिलान्यास र ४ वटा पुलको उद्घाटन गरेकी छिन् । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित बिग्ही पुलको शिलान्यास गरेकी छिन् ।
त्यसैगरि, धनुषाको मिथिला बिहारी नगरपालिका, धनौजी गाउँपालिका, बटेश्वर गाउँपालिका लगायतको स्थानमा पुलको शिलान्यास र उद्घाटन गरेकी छिन् । यि पुलहरु मन्त्री महतोका श्रीमान रघुवीर महासेठले भौतिक पुर्वाधार तथा यातायात मन्त्री हुदाँ बजेट ल्याएकोले शिलान्यास गरेकी जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । विकास प्रेमी सरकारलाई काम गर्न नदिएकोले प्रधानमन्त्रीले वाध्य भएर संसद् विघटन गरेको बताउदै आएकी मन्त्री महतोले धनौजी गाउँपालिका अन्तर्गत उद्घाटन गरिएको पुलको शिलालेखको पर्खाल स्थानीयले भत्काएका थिए । धनुषा निर्वाचन क्षेत्र न.३ मा पर्ने धनौजी अड्ठा टोलस्थित पुलको गएको बिहीबार मन्त्री महतोले उद्घाटन गरेकी थिईन् । मन्त्री महतो सम्बन्धित मन्त्रालयको मन्त्री नरहेको र सरकारले निर्वाचनको मिति घोषणा गरेको अवस्थामा सस्तो लोकप्रियताका लागि पुल उद्घाटन गरेको भन्दै आफुहरुले पुल भत्काएको नेपाली काँग्रेसका जिल्ला नेता रामनाथ यादवले बताए । यता, नेकपा ओली समुहका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले निर्वाचनको मिति तोकिएपनि आचार संहित नलागेकोले पुलको शिलान्यास र उद्घाटन गरेको बताए ।
एक जिज्ञासामा नेता यादवले भने,‘ सम्बन्धित मन्त्री नभएपनि उहाँका श्रीमान पुर्व मन्त्री रघुविर महासेठलेत्यो योजना ल्यानु भएको थियो र अहिले पुर्वमन्त्री महासेठकै सल्लाहमा उहाँले पुलहरुको शिलान्यास र उद्घाटन गरिरहेका छन् ।


