अपडेट 
२०७७ पुष २७, सोमबार ०८:१६

नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले ससद् विघटनको विषयमा सर्वोच्च अदालतको फैसलाको प्रतिक्षामा काँग्रेस रहेको बताएका छन् ।

आईतवार जनकपुरमा शहिद सत्यनारायण पाठकको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका निधीले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा वाहिर गएर ससद् विघटन गरेको उल्लेख गरे । उनले भने–‘ससद् विघटनको सिफारिस गरेर प्रम ओलीले असंवैधानिक कार्य गरेको छ ।’ उनले सदन विघटनको उपचार के हुने भनेर संवैधानिक ईजलासमा विषय विचारधिन अवस्थामा रहेको उनले बताए । उनले भने–‘ अव अदालतले संसद पुर्नास्थापना गर्नुपर्छ की पुनः निर्वाचन गर्नुपर्छ, त्यसको प्रतिक्षामा छौ ।’ लोकतन्त्रको गहना संसद रहेको उल्लेख गर्दै नेता निधीले भने–‘काँग्रेसलाई ससद् चाहिएको छ, त्यसका लागि ससद्कोपुर्नस्थापना हुनुपर्यो यात निर्वाचन हुनुपर् यो ।’ नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी रहेकोले निर्वाचनदेखि नभाग्ने नेता निधीले बताए ।

निर्वाचन भएको खण्डमा ससद्को आयु ५ वर्षको हुन्छ भने ससद् पुर्नस्थापना भएको खण्डमा २ वर्षको मात्रै हुने नेता निधीले बताए । कम्युनिष्ट पार्टीहरु लोकतन्त्र, संघीयताको विरोधी रहेको आफुले शुरुदेखि नै भन्दै आएको नेता निधीले स्मरण गराएका थिए । सरकारले गरेको असंवैधानिक कार्य, भ्रष्टाचार लगायतका विषयमा नेपाली काँग्रेसले चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम गर्दै आएको नेता निधीले बताए । प्रम ओलीले संसद् विघटन गरेर सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको दावी गर्दै नेता निधीले भने–‘त्यसका लागि काँग्रेसले देशभरिमा वडास्तर देखि प्रदेशस्तर सम्म र राष्ट्रिय स्तरमा आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ, तपाईहरु आन्दोलनमा सहभागि हुनुस् ।’

शहिद सत्यनारायण पाठकको जीवनको स्मरण गर्दै नेता निधीले जनकपुरधाम राजनीतिक, काला साहित्य, ज्ञानको लागि उर्वराभुमि रहेको नेता निधीले बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले कम्युनिष्टहरुमा मुलुकको नेतृत्व गर्ने क्षमता नरहेको दावि गरे । निर्वाचन तका नै मैले भनेका थिए, नेता यादवले भने,‘ कम्युनिष्टहरुले वुहत त पायो र देश चलाउन सक्दैनन्, आज त्यही भएको छ ।’ कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री रामकृष्ण यादव, संसदी दलका नेता रामसरोज यादव लगायतका मन्तव राखेका थिए ।

Comment


Related News

Latest News

Trending News