अपडेट 
२०७७ पुष २७, सोमबार १०:३४

सिरहा प्रहरीले स्रोत नखुलेको नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिरहा नगरपालिका–२१ लगडीगोठबाट खटिएको प्रहरीले चेक जाँचको क्रममा सिरहा नपा–२२ हकपाडाका ३९ वर्षीय विश्वनाथ यादवको साथबाट स्रोत नखुलेको ३१ लख ८९ हजार बरामद भएको हो ।कपडाको झोलामा बोकेर ल्याइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए । पक्राउ परेका यादवलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।उनले भारतीय बजारबाट नेपाली बैङ्कमा जम्मा गर्न रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।

सीमाक्षेत्रका भारतीय व्यसायीहरुले जम्मा भएका नेपाली रुपैयाँ नेपाली नागरिकको नाममा यतै विभिन्न बैङ्क तथा वितिय संस्थाहरुका खाता खोली एटीएमको माध्यमबाट भारतमा भारु रकम झिक्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका बताएको छ ।

Comment


Related News

Latest News

Trending News