अपडेट 
२०७७ पुष २८, मंगलवार ०७:१०

विश्वभरमा ६ करोड ५२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा ६ करोड ५२ लाख १३ हजार ३१९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ९ करोड १२ लाख ७५ हजार ८५० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख ५१ हजार ९१६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा २ करोड ४१ लाख १० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म २ करोड ३१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ३६ लाख २१ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ८५ हजार ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ४ लाख ७९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड १ लाख १० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ३६४ जना पुगेको छ । नेपालमा हालसम्म २ लाख ६५ हजार २६८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ५८ हजार ९६८ जना निको भएका छन् । यहाँ कोरोनाबाट १ हजार ९२७ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News