अपडेट 
२०७७ पुष २८, मंगलवार ०७:२१

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली लोकतान्त्रिक मुल्य मान्यता समाप्ता पार्ने योजनामा लागेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा वीरगञ्जमा सोमबार जसपाले आयोजना गरेको विरोधसभामा अध्यक्ष यादवले भने,‘ ओलीको अबको टार्गेट प्रदेशसभा पनि विघटन गर्दै लोकतन्त्रको सबै मुल्य मान्यता समाप्त पर्ने हो ।’ अध्यक्ष यादवले ओलीतन्त्र समाप्त नभएसम्म नेपालमा लोकतन्त्र नआउने ठोकुवा गर्दै उनले ओलीतन्त्रको कारण लोकतन्त्र खतरामा रहेकोले बुद्धिजीवी, समाजसेवी, लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलगायत जनताहरू एकजुट भई अगाडि बढ्न आह्वान गरे । उनले नेपाली काँग्रेसले अहिले दोहोरो चरित्र देखाउँदै विरोधको नाटक मञ्चन गरेको आरोप लगाए । ओली सरकारसँग मिलेर संवैधानिक अंगलगायत अन्य विशिष्ट तहमा आफ् ना मान्छेहरू भर्ना गरिरहेको र अर्कोतिर विरोधको नाटक गरेर दोहोरोचरित्र देखाएको दावी गरे ।

प्रधानमन्त्री ओलीले सरकार तथा पार्टी चलाउन नसकेको कारण असफल भएको र पागलपन देखाउँदै संसद विघटन गरेको उनको आरोप थियो । विरोधसभालाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टी भित्रको झगडाको निहुँमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई नै संकटको खाडलमा धकेलेको आरोप लगाए । मुख्यमन्त्री राउतले भने,‘एउटा सन्की व्यक्तिको पागलपनले असंवैधानिक कदम चालिएको हो ।’ उनले न्यायालयले संसद पुर्नस्थापना गरेर संविधानको रक्षा गर्नेमा आफुहरु पूर्ण रुपमा विश्वस्त रहेको बताए । पार्टीका कार्यकारी सदस्य लक्ष्मणलाल कर्णले अन्य तानाशाहजस्तै प्रम ओली तानाशाह बन्दै गएको बताए । संविधान च्यातेर संविधानभित्र प्वाल पारेर कुनामा थुपारेका ओलीले चाँडै संविधान सिध्याउने चलखेलमा लागेको आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News