अपडेट 
२०७७ पुष २८, मंगलवार ०७:३२

वीरगञ्ज । पृथ्वीनारायण शाहको २ सय ९९औं जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा ¥याली एवम् माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले पृथ्वीनारायण शाहको तस्बिरलाई बगीमा राखेर बाजागाजा सहित घण्टाघरबाट निकालिएको झाँकी नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनःघण्टाघरमा पुगी माल्यार्पण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नागरिक समाजका अगुवा एवम् प्रध्यापक डा. दिपक शाक्यले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै आजको परिवेशमा सम्पूर्ण जनता एक हुनुपर्नेमा जोड दिए । उनले सम्पुर्ण नेपाली जनता एक नभए सम्म चारवर्ण ३६ जातका फुलवारी असुरक्षित रहेको उनले थपे । बीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले पृथ्वीनारायण शाह नेपाल र नेपालीको बुवा भएकोले उनलाई कहिले पनि बिर्सन नहुने जोड दिइन् । वर्तमान सरकारले नचाहेको खण्डमा बिदा दिने गरेको र पृथ्वीनारायण शाहको जयन्तीमा बिदा नदिने गरेकोमा आपती जनाइन । समाजसेवी एवम् राष्ट्रबादी पशुपति बिक्रम शाहले अहिलेको परिस्थितिमा पृथ्वीनारायण शाह जस्तै बीर पुरुषको खाँचो औंल्याए ।

उनले सम्पूर्ण राष्ट्रवादीहरुलाई एकतामा अनेकता नगर्न आग्रह गरे । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा हिन्दु युवा संघका केन्द्रिय सदस्य राजेश सिंह राठौर, बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे, मंचका कानुनी सल्लाहकार हरिहर साह, सरोकार मंचका केन्द्रिय सदस्य अर्जुन सिंह, सिमराका अध्यक्ष पुरुषोतमलाल श्रेष्ठ, बारा मंचका आत्माराम लगायतले पृथ्वीनारायण शाहको जिवनी बारे चर्चा गरेका थिए । कार्यक्रममा बिगत लामो समयदेखि सहयोग गर्दै आएका भारतीय र नेपाली संचारकर्मीहरुलाई ढाका टोपी र खादा ओढाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रममा संजु देवी, किरण कुमारी, रामपती देवी, सिता देवी, चम्पा देवी, साबित्री देवी, अन्सु देवी सुनिता देवी, साल्मा खातुन लगायत ४५ जना महिलालाई साडी बितरण गरिएको थियो । कार्यक्रममा मंचका सचिव मकबुल मियाँ बरही, सदस्य अशोक मण्डल, अजय तिवारी, राजाराम साह लगायत स्थानियबासी, समाज सेबी, भद्रभलादमी, पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News