अपडेट 
२०७७ पुष २८, मंगलवार १६:१०

सर्लाही । सरकारका तीन प्रभावशाली मन्त्रीलाई नेकपाका नेता/कार्यकर्ताले कालो झण्डा देखाएका छन् । पार्टी कार्यक्रमका लागि तराईका विभिन्न जिल्ला हुँदै सर्लाही पुगेका मन्त्रीलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, श्रम मन्त्री प्रभु साह र महिला बालबालिका तथा समाज कल्याण मन्त्री लिला श्रेष्ठलाई दाहाल-नेपाल समूहका कार्यकर्ताले लालबन्दी नगरपालिकाकाे नवलपुरमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा प्रदर्शनपछि प्रदर्शनकारीको समूहलाई विद्यार्थी नेता आरती लामाले सम्बोधन गर्नुभएको थियो ।

नेकपा विभाजनपछि सरकारका मन्त्रीहरु सरकारी कार्यक्रमभन्दा पार्टीका गतिविधिमा बढी सक्रिय बन्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News