अपडेट 
२०७७ पुष २८, मंगलवार १६:११

सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम अब हट्ने भएको छ ।

कोटा सिस्टम हटाउनका लागि सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभयो । सेवाग्राहीबाट फारम भर्न कठिन भएकोे गुनासो आएकाले कोटा सिस्टम हटाएर अनलिमिटेड बनाउन लागेको उहाँले बताउनुभयो । तयारी पूरा भए आगामी बिहिबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि अनलिमिटेड सिस्टम लागु हुने छ । विभागले गत पुस १४ गते देखि स्वास्थ्य सम्बन्धी मापदण्ड पालन गर्दै सवारी चालक अनुमति पत्रको लागी आवदेन खुला गरेको थियो ।

विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म सवारी चालक अनुमति पत्रका लागी फारम भर्न सक्नेछन् ।

Comment


Related News

Latest News

Trending News