अपडेट 
२०७७ पुष २९, बुधबार ०७:५५

मलगंवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको चुनाव चिन्ह नै सुर्य रहने उनले दावी गरे । सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताए । उनले २–४ दिनमै नेपाल–भारतको सीमानाका खोल्ने गुह कार्य भईरहेको उपप्रधानमन्त्री पोखरेलले बताए । दुई देशका सीमानाका बन्द हुदा यहाका जनता दुख भोगिरहेकोले सीमानाका छिट्टै खोल्ने घोषणा उनले गरे । भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री प्रभु साहले प्रदेश नं. २ का सरकार भ्रष्टाचारमा लिन रहेको आरोप लगाए । प्रदेश २ सरकारबाट नै मधेशी जनतालाई लुटने कार्य भईरहेको उनले आरोप लगाए । शहरी विकास मन्त्री प्रभु साहले सत्ता र पदको लागि संघीय लोकतन्त्र गणतन्त्रलाई धरापमा पार्ने प्रचण्ड प्रवृतीको अब नेपाली जनताले छिट्टै अन्त्य गर्ने बताए ।

भेलामा ओली पक्षका केन्द्रिय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सोही कार्यकर्ता भेलामा जिल्ला कार्य समिति सर्लाहीको तर्फबाट १ सय किलोको मालाले उपप्रधानमन्त्री ईश्वर पोखरेल र शहरी विकास मन्त्री प्रभु साहलाई सम्मान गरेको थियो ।

Comment


Related News

Latest News

Trending News