अपडेट 
२०७७ माघ १, बिहीबार १९:१७

मधेशको मुटु मानिएको चुरे वन माशिने क्रम दिनप्रतिदिन बढदै जानु र खोलाहरु प्रत्यक्षरुपमा उत्खनन भइरहदा पनि सम्वन्धित निकाय मौन देखिएको छ । प्रदेशका आठवटै जिल्लामा वन माशिने क्रम जारी रहेको छ भने नदि नदिको दोहन जारी छ । धनुषाको चारनाथ, सिरहा जिल्लाको बनमा मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज गोयलले अनाधिकृतरुपमा कव्जा ,रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको २ सय हेक्टरजग्गा कव्जा, विपि पुष्पलाल सामुदायीक वन रौतहटको एक सय हेक्टर अतिक्रमण,सलार्ही जिल्लाको बाके खोला र बागमती खोलामा भइरहेका मापदण्ड विपरितको उत्खनन, लखन्देही खोलमा मापदण्ड विपरित भइरहेको उत्खनन,महोत्तरी जिल्लाको रम्तेल डांडाको बनको रुख कटान लगायतका विनाशक्रम प्रत्यक्षरुपमा भइरहदा पनि प्रदेश सरकार मुकदर्शक बनेर बसेको छ ।

चुरे माशिएपछि मधेश मरुभुमी बन्ने खतरालाई मध्यनजर गर्दै चुरे तथा वनजंगल संरक्षण अभियानले विनाशक्रम रोक्नकालागि वर्षौ देखि अभियान नै चलाएको छ । वर्दिवासमा मुख्यमन्त्री लालबाबु राउतको अगाडीमा अभियानले प्रर्दशन गरेपछि छानवीनका लागि यथासिघ्र पहल गर्ने प्रतिवद्धता जनाएपनि अहिले सम्म कुनै पहल भएको देखिएको छैन । यता चुरे तथा वनजंगल सरक्षण लगायतको माग राखी चुरे तथा वन जंगल संरक्षण अभियानले पुनः आन्दोलनको घोषणा गरेको छ ।

यस भन्दा पहिले घोषणा गरिएको पुस ७ गते देखिको चरणवद्ध आन्दोलन मुलुकमा व्याप्त राजनीति खिचातानीका कारण आफनो आवाज समवन्धित पक्षसम्म नपुग्ने भन्दै स्थगीत गरिएको थियो । अभियानले माघ ६ गते प्रदेश २ का मुख्यमन्त्री कार्यालय घेर्ने भएको छ । माघ ६ गते मुख्यमन्त्री कार्यालय अगाडी विरोध प्रर्दशन गर्ने भएको छ भने माघ ८ गते रौतहटको गौर,माघ ९ गते सलार्हीको मलंगवा,माघ ११ गते महोत्तरीको जलेश्वर,माघ १३ गते सिरहामा र माघ १७ गते विरगंजमा विरोध प्रर्दशन गर्ने भएको छ ।

अभियानले महोत्तरी जिल्लाका बनका डेफो हेमनत साहमाथि मुद्दा चलाउन समेत माग गरेको छ । वन प्रमुख साहले महोतरीको रम्तेल डाडा सामुदायीक वनको अनाधिकृतरुपमा तस्कर संग मिलेर ४ सय रुख कटान गरेको समेत आरोप अभियान ले लगाएको छ ।

Comment


Related News

Latest News

Trending News