२०७७ माघ २, शुक्रबार ०७:५६

जनकपुरधाम । संखुवासभामहोत्तरी ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको एक समारोह बीच शिलान्यास गरिएको छ ।

अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत संखुवासभाको खांधवारीदेखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका हुँदै भारतीय सीमा भिठ्ठामोडसम्म ४ सय केभी प्रसारण लाइन निर्माण कार्यको बिहिवार शिलान्यास गरिएको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जिल्लाको भङहा नगरपालिकामा यस प्रसारणको लाइन निर्माण कार्यको शिलान्यास गरे । भङहा बाट सुरु गरिएको यस परियोजनाको यो पहिलो सुरुवात हो । यो परियोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा ठुलो फड्को मार्ने विश्वास लिइएको छ ।

शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विमलीले यो परियोजनाको सफलताले यस क्षेत्रको विद्युतको समस्या समाधानमा सहयोगी सावित हुने बताए । उनले यस परियोजनाको निर्माण कार्यमा सबैलाई आ(आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले शिलान्यास गरेको सो टि.एल. टावर निर्माण कार्यको शिलान्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय महोत्तरीका प्रमुख कुमार खडका, प्रशासकीय अधिकृत रन्जित कुमार यादव, अरुण तेस्रो जलविद्युत परियोजनाका प्रमुख इन्जिनियर हरिश शर्मा, एस. के. शर्मा, चन्दन मेहता, भङहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ओहित मियालगायतको सहभागिता थियो ।

Comment


Related News

Latest News

Trending News