जनता समाजवादी पार्टी(जसपा) मा समयोजनको कार्य रोकिएकोछ ।समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)बीच समायोजनको कार्य हाल प्रदेश र सो भन्दा तल हुन सकेको छैन् ।
समायोजनको कार्य भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई विघटन गरेपछि पार्टी सो प्रतिगमनको बिरोधमा आन्दोलित भएकाले समायोजनले प्राथमिकता नपाएको नेताहरु बताउँछन् । प्रदेश, जिल्ला र पालिका स्तरमा समयोजन हुन नसकेको बेला पार्टीका शीर्ष नेताहरु दुई धारमा प्रष्ट विभाजित देखिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)अनौपचारिक रुपमा विभाजन भएसँगै जसपापनि विभाजित हुने चर्चा सुरु भएको हो ।पार्टीका शीर्ष नेताहरु उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेकपाको प्रचण्ड–नेपाल समुहसित मिलेर जाने पक्षमा देखिएका छन् ।तर महन्थ ठाकुर, राजेन्द्र महतो लगायत प्रधानमन्त्री केपी शर्मा ओली समुहसित सहकार्य गर्ने मनस्थितिमा रहेका छन् । जसपाको आन्तरिक मतभिन्नता बाहिरपनि देखिन थालेकोछ ।अध्यक्ष उपेन्द्र यादवको कार्यक्रममा पूर्व राजपाका नेता, कार्यकर्ताहरुको कमै मात्र सहभागिता देखिन्छ ।
त्यसैगरि ठाकुर, महतोको कार्यक्रममापनि पूर्व समाजवादी जनता पार्टीका नेता, कार्यकर्ताहरुको सहभागितापनि कमै मात्र रहने गरेकोछ । यादव र भट्टराई प्रचण्ड–नेपाल समुहसित चुनावमा पनि जानेगरि आन्दोलनलाई चर्काउन चाहेका छन् ।तर ठाकुर, महतोले नेकपाको ओली समुह र नेपाली काँग्रेसबीच हुने तालमेलमा सहभागि हुनुपर्ने बताउन थालेका छन् । ठाकुर निकटका नेताहरुले ओली र देउवाबीच हुने गठबन्धनमै सहभागि भएर चुनाव सम्म जानु पर्ने धारणा सार्वजनिक रुपमा नै राख्न थालेका छन् ।जसपाका शीर्ष नेताहरुमा देखिएको वैचारिक मतभिन्नताले समयोजन अगावै पार्टी नै विभाजित हुन सक्ने संभावना रहेको मधेशका बुद्धिजिवीहरु बताउँछन् । प्रदेश र पालिकामा समायोजनका लािग गठन गरिएको कार्यदलको समय सकिसकिएको छ ।कार्यदलमा रहेका नेताहरुले समायोजन गर्ने जिम्मेवारी शीर्ष नेताहरुको रहेको बताएका छन् । जसपाका नेताहरु मध्ये महतो प्रधानमन्त्री ओलीसित निकट छन् ।
यादव ओली सरकारबाट अपमानपूर्ण ढंगे राजिनामा गर्न बाध्य बनाइएदेखि कडा आलोचक बनेका छन् । आन्दोलनकै क्रममा यादवले पूर्व समाजवादी युवाको प्रशिक्षण कार्यक्रममा सहभागि भएपनि पूर्व राजपाका नेताहरुले त्यसलाई रुचाएका छैनन् ।उनीहरुले त्यसको बिरोधगर्दै पार्टीमा एकलौटी गर्न खोजिएको आरोप लगाउन थालेका छन् । पार्टी भित्रको खिंचातानीको प्रभाव प्रदेश सरकारमाथि पनि परेकोछ ।प्रदेश सरकारले गती लिन सकेको छैन् ।मन्त्रीहरुमा पार्टीगत भावना भन्दा व्यक्तिगत स्वार्थ बढेको देखिन्छ ।


