अपडेट 
२०७७ माघ ४, आईतवार ०८:०७

राजविराज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको बिकासकालागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको दशौ साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले सञ्चारक्षेत्र र यस क्षेत्रमा कार्यरत्तहरुको समस्या प्रदेश सरकारको समस्या रहेको बताए । मुख्यमन्त्री राउतले देशमा संकट आउदा पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण हुने गरेको बताए । ‘कुनैपनि अधिकार प्राप्तिको आन्दोलन होस वा देशलाई संकट पर्दा पत्रकारले गरेको योगदान महत्वपुर्ण रहेको छ’, उनले भने–‘सञ्चार क्षेत्रको बिकास बिना देशमा सुशासन र समृद्धिको कल्पना समेत गर्न सकिदैन ।’ उनले प्रदेश सरकारले सञ्चार क्षेत्रको बिकासका लागि छिट्टै सञ्चार प्रधिकरण र मिडिया काउन्सिल गठन गर्न लागेको जानकारी दिए । प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारको समस्य प्रती गम्भीर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सञ्चार क्षेत्रको बिकास र पत्रकारहरुको तमाम समस्य समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनलेले बर्तमान देशको अस्थिर अबस्थामा पत्रकार हरुमा थप जिम्मेवारी बढेको भन्दै संघीय सरकारले निमत्याएको जटिल अबस्थालाई सहि दिशामा ल्याउन अझ सशक्त रुपमा पत्रकार हरुलाई भुमिका निर्वाहा गर्न आग्रह गरे । म ु ख् य म न् त्र ी राउतले संबिधानको बर्खिलाप गर्दै प्रधानमन्त्री केपि ओलिको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारी सदन विघटन गरेको भन्दै आक्रोश व्यक्त गरे । संबिधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमन तिर लगेको भन्दै ओली सरकारको तानाशाही संबैधानिक ‘कु’ विरुद्ध पत्रकारहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए । सामाजिक बिकास मन्त्री नवल किशोर साहले देशमा परिबर्तन ल्याउन पत्रकारको योगदानको चर्चा गरेका थिए । भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले देशको बिकास र राजनीति परिवर्तनमा सप्तरीको पत्रकारहरुको भुमिका अबिस्वास्निय रहेको बताए ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड् गाको अध्यक्षतामा आयोजित साधारणसभामा राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सभा सदस्य मनिस सुमन, नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य अबधेश झा, प्रदेश सचिब राम नारायण बिश्वास, नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष शिवहरी भट्टराई, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव लगायतका उपस्थिति रहेका थिए ।

Comment


Related News

Latest News

Trending News