अपडेट 
२०७७ माघ ४, आईतवार ०८:१५

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारणी सदस्य तथा निर्वाचन आयोग विभागको प्रमुख अनिलकुमार झाले केपी शर्मा ओली प्रतिगमनकारी रहेको आरोप लगाएका छन् ।

उनले सरकारले जनताको भावना विपरीत सदन विघटन गरेको आरोप लगाएका छन् । ५ बर्ष सम्म सरकार चलाउनको लागि दिइएको म्याण्डेडलाई प्रधानमन्त्री ओली आन्तरिक विवाद खेप्न नसकी संसद विघटन गरेर सिंगो मुलुकलाई अस्तव्यस्त पार्ने षड्यन्त्रको विरुद्ध जसपा सडक संघर्षमा ओर्लिएर बताए । तत्कालिन माओवादी एकीकृत र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई जनताले दुई तिहाई बहुमत दिएर सरकारमा पठाई जनमुखी कार्य गर्न दायित्व दिएका थिए तर सत्ताको उन्मादमा मात्तिएका प्रधानमन्त्री ओली पार्टीगत आन्तरिक कहललाई विस्थापन गर्न संसदलाई नै समाप्त पारी नयाँ अधिनायकवादको अवस्था सृजना गरिदिएको हुँदा संविधानको रक्षार्थ जनता समाजवादी पार्टी सडक संघर्षको माध्यमबाट संसद पुनरस्थापना गराएर छाड्ने प्रतिबद्धता नेता झाले वताए ।

प्रधामन्त्री केपी शर्मा ओलीद्धारा संसद विघटन गरेर मुलुकमा प्रतिगमनकारी कदम चालेको विरुद्ध जनता समाजवादी पार्टीद्धारा रौतहटको सन्तपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा केन्द्रीय कार्यकारणी सदस्य हिसिला यमीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ जस्तो सुकै कदम जनाता समाजवादी पार्टी नेपालले चाल्ने बताए । जनताको माया र विश्वासलाई धोखा दिई सडकमा ल्याउने ओलीलाई साथ दिने जो कोही शक्तिलाई अव नेपाली जनताहरुले नछाड्ने त्यस्ता षड्यन्त्रकारीहरुलाई नेपालबाटै विस्थावित गरेर मुलुकमा अमन शान्ति एवं संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ जस्तो सुकै कदम जसपाले चाल्ने चेतावनी दिए । कोभिड १९ बाट आक्रान्त रहेका नेपाली जनतालाई समयमै भ्याक्सीन ल्याउने र कोभिड जाँचलाई तिव्रता दिनुपर्नेमा संसद विघटन गरी नयाँ निर्वाचनमा जाने निर्णय नेपाली जनता पचाउन नसकेको तथा गरिवी, भोकमरी एवं वेरोजगारीको मारलाई सम्बोधन नगर्ने मात्रै निर्वाचनको रट लगाउन ओली सरकारलाई सडकबाट पदच्यूट गरी जनताको सर्वोच्च निकाय संसदलाई वियूताउन अभियानलाई सबै आ आफना स्थानबाट सहयोग गर्नुपर्ने राज्य मन्त्री योगेन्द्र यादवले बताए ।

त्यस्तै जसपाको केन्द्रीय कार्यकारणी सदस्य गोविन्द चौधरीले अहिलेको सरकार जनाताको सामु निरही बनेको र जनताको सुख सुविधा तथा समाजिक उत्तरतायित्व पुरा नगर पद र धनलाभमा निहित भएको हुनाले संसद पुनः स्थापना गरी यस्ता देशद्रोहीहरुलाई जनतासामु नाङ्गो पार्ने बेला आएकोले आम जनतालाई असंबैधानिक कदम विरुध एक साथ लागन आग्रह समेत गरेका थिए । कार्यक्रममा शुशिला श्रेष्ठ, प्रदेश नम्वर २ का राज्यमन्त्री डिम्पल झा सहितका नेताहरुले कुनै पनि अवस्थामा संसद पुर्नस्थापना गरेरै छाड्ने तथा संसद पुर्नस्थापनाको लागि सम्माननिय सर्वोच्च अदालतको निर्णय माथि भर पर्ने स्पष्ट पारे । संसद पुनस्थापनाको लागि जनता समाजवादी पार्टीले आँधीवेरी ल्याएर पनि स्थापित गराई छाड्ने प्रतिबद्धता जनाए । जनताहरु सुक्ष्म दृष्टिले हेरिरहेका छन् विकास पुरुष भनाउनेहरुलाई आउने दिनहरुमा त्यस्ता नक्कली विकास पुरुष भनाउने बहुरुपियाहरुलाई पाखा लगाई सच्चा इमान्दार जनताको सेवकलाई ल्याउने समेत उनीहरुले बताए ।

प्रदेश साँसदद्धय बाबुलाल साह, रामकिशोर यादव, केन्द्रीय सदस्य रेबन्त झा, नेता अनिल सिंह, कन्थमुनि जयसवाल, जसपा जिल्ला इन्र्चाज बृजकिशोर यादव, विभिन्न नगरपालिकाका मेयर, उपमेयर लगायतका नेता एवं सयौं कार्यकर्ताहरुको उपस्थितिमा विरोध सभा भएको थियो ।

Comment


Related News

Latest News

Trending News