अपडेट 
२०७७ माघ ४, आईतवार १२:४२

रोकिराखेको ट्याक्टरमा ठोकिएर टाटा सुमो दुर्घटनामा पर्दा आइतबार एकाबिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरीका अनुसार बिहान ३ः३० बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका खण्डमा रोकिराखेको स.१त.२५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.१ज. २४५२ नम्बरको सुमो ठोकिदा सो दुर्घटना भएको हो । दुर्घटनामा सुमो सवार झापाको शिवसतासी नगरपालिका ११ डुरामनी बस्ने २५ वर्षिय रमेश लिम्बुको मृत्यु भएको छ । उनलाई गम्भिर अवस्थामा उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । यस्तै दुर्घटनामा गम्भिर घाइते भएका सुमो चालक पाँचथर जिल्ला फिदिम नगरपालिका ३ बस्ने ३४ वर्षिय टेक बहादुर दर्जि र झापा जिल्ला गौरादह नगरपालिका ४ निवासी ३६ वर्षिय जितबहादुर श्रेष्ठको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।

बाक्लो हुस्सु र तिब्र गतिका कारण सो दुर्घटना भएको अनुमान गरिएको छ । ट्याक्टर, चालक तथा सुमो गाडी नियन्त्रणमा लिई दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News