अपडेट 
२०७७ माघ ५, सोमबार ०८:१०

प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश २ अन्य ६ वटा प्रदेशलाई विकास निर्माणमा पछाडी छाडेको बताएका छन् ।

बाराको रमौली स्थित दुधौरा नदीमा पुल शिलन्यास गर्दै मन्त्री सोनलले अन्य प्रदेशहरु संघ सरकारको इसारामा चलेपनि त्यहाँको विकास निर्माण कछुवाको गतिमा चलेको तर यहाँको गती तीव्र रहेको बताए । उनले प्रदेश २ सरकारले गरेको विकास निर्माणको स्ट्रक्चर नवुझेरनै केहि विरोधी तत्वहरु अर्नगल प्रचारबाजी गराई रहेको भन्दै मन्त्री सोनलले विकास निर्माण संगै शिक्षा, स्वाथ्य, कृषिमा पनि फडको मारेको दावी गरेका छन् । अन्य ६ वटा प्रदेशमा के भएको छ र के गर्दैछ प्रदेश सरकार त्यो पता लगाउन मन्त्री सोनलले आम जनसमुदाय संग आग्रह गरेका थिए । मन्त्री सोनलले भने–‘अन्य प्रदेश, प्रदेश सरकार नभई संघ सरकार सासित प्रदेश भएपनि त्यहाँको अवस्था दयनिय छ । त्यहाँको जनताले प्रदेश सरकारको अनुभूति गर्न नसकेको हो ।

हामीले आएको तीन बर्ष हुन लागेको हो र यति कम समयमा गरेको कामलाई जनता सामु ल्याउँनेनै छौं ।’ ‘प्रदेश सरकारको बारेमा अर्नगल प्रचारवाजी विपक्षी त गरि हाल्छ ’ उनले भने–‘कागले कान लिएर भाग्य भन्दैमा कान नछोइ, कागको पछाडी जानु वुद्धिमानी हुँदैन् ।’ उनले जनतालाई आफ्नो बुद्धि विवेक प्रयोग गरि विपक्षीको पछाडी नभई सरकारले गरेको कामकारवाहीको बारेमा खुलेर कुरा राख्न आग्रह गरे । उनले प्रतिगमनकारी सत्ता अहिले हाम्रो मुलुकमा हावी भई रहेको बताए । उनले केपी शर्मा ओलीले गरेको सद्न विघटनले उनी मुलुकमा सर्वसत्तावाद लाद्न चाहेको बताए । उनले लाद्न चाहेको सर्वसत्तावादको प्रतिकार गर्न जनता समाजवादी पार्टी लागि परेको उनको भनाई थियो । निर्माण हुन लागेको पुलले जीतपुरसिमरा उपमहानगरपालिका–८ रमौली लोसन्डा र वडा नम्बर २० बसडील्वा जोड्ने छ । पुल बनेपछि ग्रामिण क्षेत्रका किसानको उत्पादन सहर बजारसम्म पुर्याउन सहज हुने बिश्वास ब्यक्त गरे । पुल नहुँदा वर्षायाममा सर्वसाधारण २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् ।

पुल बनेपछि जितपुरसिमराका बासिन्दालाई बाराको सदरमुकाम कलैया आवतजावत गर्न पनि सहज हुनेछ । १ सय मिटर लामो र ११ मिटर चौडाई भएको पुल बनाउनका लागि भ्याटसहित १२ करोड ७० लाख ७२ हजार ८ सय ५७ रुपैयाँ १४ पैसामा ठेक्का सम्झौता भएको वडा नं.७ का वडा सदस्य तरुण सहनीले जानकारी दिए । हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । पुलको काम २०७९ बैशाख २ गतेभित्र सक्नुपर्ने सम्झौतामा उल्लेख छ । शिलान्यास कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, जसपाका नेता घनश्याम गिरी, शिवजी साह, वडा अध्यक्ष रामबाबु पटेल, सरोज पटेल, रसुल मियाँलगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News