अपडेट 
२०७७ माघ ५, सोमबार ०८:२०

जितपुर सिमरा उप महानगरपालिकामा जाडो प्रभावितलाई नेपाली सेनाले कम्बल वितरण गरेको छ ।

नं. २८ बाहिनी अड्डा अन्तरगत श्री चन्दननाथ गणद्धारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा आईतवार कम्बल बितरण गरिएको हो । नागरिक र सेनाबीचको सम्बन्ध थप प्रगाढ एवं सुमधुर बनाउने उद्धेश्य अनुरुप नेपाली सेनाले बढदो जाडो संगै चलेको शितलहरबाट प्रभावितलाई कम्बल बितरण गरिएको चन्दननाथ गाणले जनाएको छ । बडरहवामा बसोबास गर्दै आएका आर्थिक रुपले बिपन्न मुसहर, पासवान, माझी समुदायका परिवारलाई नेपाली सेनाले १ सय ५० वटा कम्वल बितरण गरिएको नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि जोन्सन खड्काले बताए । मानव सेवा नै धर्म हो भने अभिप्रायका साथ चिसोको कारण असहज जीवनयापन गरि रहेका बिपन्न समुदायलाई नेपाली सेनाको तर्फबाट राहत बितरण गरीएको खड्काले बताए ।

अत्याधिक चिसो बढ्दै गई रहेको र भबिष्यमा चिसोबाट हुन सक्ने जोखिमपुर्ण परिस्थितिलाई मध्ये नजर गरी नेपाली सेनाबाट कम्वल प्रदान गरिएपछि विपन्न समुदायका मुसहर, पासवान, माझी समुदायका परिवारहरु खुसी ब्यतm गर्दै नेपाली सेनाको परोपकारी कार्यलाई धन्यवाद दिएका थिए । कार्यक्रममा श्री चन्दननाथ गणका गणपति प्रमुख,.सेनानीे. श्याम शरण गोतामे लगायत स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News