अपडेट 
२०७७ माघ ६, मंगलवार ०७:५३

मधेश बलिदानी दिवसको अवसरमा जनता समाजवादी पार्टी (सजपा)का वरिष्ठ नेता राजेन्द्र महतोले मधेश आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरुका परिवारलाई पचास लाख उपलब्ध गराउने घोषणालाइ पुरा गर्न प्रदेश सरकारलाई आग्रंह गरेका छन् ।

मधेश आन्दोलनको क्रममा सहिद भएकाहरुको स्मरणमा मनाइदै आएको बलिदानी दिवसलाई सोमवार जनकपुरधाममा बोल्दै नेता महतोले आन्दोलनको क्रममा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सहिद परिवारलाई पचास लाख दिने गरेको घोषणालाई कार्यान्वयन गर्न मधेश सरकारलाई आग्रह गरे । ‘रकमको रुपमा नदिएर सहिद परिवारको जिविकोपार्जन हुनेगरि व्यवस्था मिलाउनु पर्छ ’उनले भने, वीरसपुतहरुको सहादतकै कारणले अहिले मुलुकमा संघियता र गणतन्त्र आएको छ । ‘कयौं परिवारले मधेश आन्दोलनमा आफनो अभिभावक गुमाएका छन् ’महतोले भने, ती परिवारको सबै जिम्मेवारी हाम्रो कांघमा आएकाले प्रदेश सरकारले त्यो दायित्व पुरा गर्नुपर्छ । करार सेवामा जागिर दिएका सहिद परिवारलाई स्थायी गर्न लोकसेवामा विशेष लाभ दिनेगरि कानुन बनाउन उनले प्रदेश सरकारलाइ सुझाव दिए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसी सहिद प्रतिष्ठान गठन गर्ने बताए । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको नाममा मधेसी सहिद प्रतिष्ठान गठन गरिनेछ’ उनले भने, मधेशका सपुतहरुको बलिदानीले नै देश संघीयतामा गएपनि सहिद परिवारको अवस्था अझै दयनिय छ । ‘सहिद परिवारले पाउनु पर्ने परिचय पत्र लगायत अन्य सुविधाहरु सरल रुपमा उपलब्ध गराउन प्रतिष्ठिान गठन गर्न लागिएकोछ’ राउतले भने, प्रतिष्ठान गठन भए पश्चात सहिद परिवारका सदस्यलाई उक्त प्रतिष्ठानमा पद बहाली गरिनेछ । आगामी दिनमा प्रदेश सरकारले लोकसेवा मार्फत सहिद परिवारको सदस्यलाई सरकारी जागिरको व्यवस्था समेत मिलाउने राउतले प्रतिबद्धता जनाए । जसपाका नेता एवं पूर्व मन्त्री अनिल कुमार झाले सहिदका लागि प्रतिष्ठान वनाउने सोचलाई यथासिघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरे । ‘मुलुकमा आएको परिर्वतनको मुल स्रोत सहिद नै रहेकाले उनको सपना पुरा गर्नका लागि ढिलाइ नगर्न उनले सचेत गराए ।

बलिदानी दिवस मनाएर मात्र नभइ सरकार उनीहरुसँगै रहेको अनुभुति दिलाउनुपर्ने उनले बताए । नेता झाले लोकतन्त्र रक्षाका लागि अधुरो संविधानलाई पुरा गराउनकालागि आन्दोल जारी रहने बताउँदै जसपा चुनावबाट नडराएको बताए । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु ज्ञानेन्द्र कुमार यादव,जितेन्द्र सोनल,रामनरेश राय यादव,नवलकिशोर साह लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश २ मा रहेका सहिद परिवारका सदस्यहरुलाई दोसल्ला ओढाई जनही नगद २५ हजार नगद प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News