अपडेट 
२०७७ माघ ७, बुधबार ०८:०३

नेपाल इन्जिनियर एशोसिएसन र मेघा बैंक विच ऋण सम्झौता भएको छ । एशोसिएसनमा आवद्ध इन्जिनियरहरुले मेघा बैंकमा खाता खोल्दा विना धितो १५ लाख सम्मको ऋण लिन पाउने सुविधा सहितको सम्झौता भएको एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष रामएकवाल यादवले जानकारी दिएका छन् ।

एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष यादवले संस्थामा आवद्ध भई सुविधाको फाइदा लिन इन्जिनियरहरुलाई आग्रह गरेका छन् । १५ लाख सम्मको विना धितो ऋण र क्रेडिट कार्ड समेत बैंकले उपलव्ध गराउने उनले बताए । बैंकहरुले विना धितो ऋण प्रवाह गर्न नसक्ने भएपनि इन्जिनियरहरुलाई मध्य नजर गर्दै यो सम्झौता गरेको हो ।

Comment


Related News

Latest News

Trending News