अपडेट 
२०७७ माघ ७, बुधबार ०८:०७

दुई तिहाई वहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधी सभा विघटन गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादवले वताएका छन ।

धनुषाको क्षेत्र नं. २ औरही गाउंपालिका वडा नं. १ पौडेश्वरमा मंगलवार आयोजित निर्गुन यादवको ७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै नेता यादवले राष्ट्रपति विधादेवी भण्डारी एमाले र केपी शर्मा ओलीको कार्यकर्ता बनेको आरोप लगाएका छन । पुर्व कृषि मन्त्री समेत रहेका यादवले हिमाल, पहाड, तराईका मधेशी, आदीवासी जनजाति, दलित, मुस्लिम, महिला लगायतले पाएको अधिकार पनि गुम्ने खतरा भएकोले वेलामै नेपाली जनता सजग हुनुपर्ने वताए । स्व. यादवले नेपालको हरेक लोकतान्त्रिक आन्दोलन तथा सामाजिक क्षेत्रमा निर्वाह गरेको सक्रिय भूमिकाको प्रशंसा गर्दै उनले नेपाली काँग्रेसको संगठन विस्तार र सुदृढिकरणमा महत्वपुर्ण योगदान दिएको बताए । यादवको स्मृतिमा छिटटै शालिक निर्माण हुने कार्यक्रममा औरही गाउंपालिकाका अध्यक्ष ब्रहमदेव यादवले प्रतिवद्धता जनाएका थिए ।

यादवका छोरा हिमालय यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भोला चौधरी , नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव , नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रफुल्लराज घिमिरे , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन सिंह , जिल्ला सदस्य भुपनारायण यादव , महाधिवेशन प्रतिनीधि प्रदिप यादव , राप्रपाका केन्द्रिय सदस्य नथुनीलाल दास , औरही गाउंपालिका वडा नं. १ अध्यक्ष अशेश्वर यादव , नेपाली कांग्रेसका युवा नेता सुजित कुमार यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News