अपडेट 
२०७७ माघ ७, बुधबार १७:१६

नेपालमा बुधबार थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३८३ जना निको हुदा नेपालमा २ लाख ६२ हजार ६४२ जना निको भएका छन् । नेपालमा हाल ३६ सय ९३ जना आइशोलेशनमा छन् भने १७२ जना क्वारेन्टाइनमा छन् । हालसम्म २० लाख २६ हजार ७२६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News