अपडेट 
२०७७ माघ ८, बिहीबार ०७:४८

चिसोबाट प्रभावित ग्रामिण भेगका स्कुले बालबालिकालाई न्यानो कपडा, शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको छ । लायन्स क्लब अफ सिमरा युथ, युवा समाज सिमरा र नेपाल बाल संगठनले बुधबार चिसोबाट प्रभावित ग्रामिण भेगका स्कुले बालबालिकालाई न्यानो कपडा, शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ र १८ का तीन विद्यालयका छात्रछात्रा, उनका अभिभावकलाई चिसो मौसममा लगाउने कपडा वितरण गरेको हो । चिसो बढेपछि विपन्न परिवारका बालबालिका र बृद्धबृद्धा प्रभावित हुदै आएका छन् । बढ्दो चिसोबाट जोगिनकालागि तीन वटै संस्थाले संयुक्त रुपमा बडहर्वाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जैतापुरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र कुशमाडीको सुर्य विनायक प्राथमिक विद्यालयका चार सय बालबालिका र एक सय भन्दा बढी अभिभावकलाई कपडा वितरण गरेको हो ।

कार्यक्रममा बालबालिकासहित विद्यालयलाई २ सय ८५ थान ट्रयाक ,५० थान स्वीटर , ६ सय थान कपि, पेन्सिल,ईरेजर, ६ थान फुटवल, ६ थान ब्याटमिन्टनलगायतको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको थियो । न्यानो कपडा, शैक्षिक र खेलकुद सामाग्री वितरणका लागि तीनवटै संस्थाले केहीदिनदेखी तयारी गरिरहेका थिए । लायन्स क्लबका अध्यक्ष हंकलपित न्यौपानेले सेवामुलक संस्थाहरुको सहकार्यमा ग्रामिण भेगमै पुगेर प्रभावकारी ढंगबाट सामाग्री वितरण गरिएको बताए ।

Comment


Related News

Latest News

Trending News