अपडेट 
२०७७ माघ ८, बिहीबार १०:२९

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं. १ र २ मा बुधबार एक कार्यक्रमका बीच पोषणयुक्त समाग्री वितरण गरिएको छ ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा लाइफ नेपाल जनकपुरले गर्भवती, सुत्केरी र ६ देखि २३ महिनासम्मका बालबालिकाहरुको लागि पौष्टिक आहार वितरण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहट, राजदेवी नगरपालिकाको समन्वयमा उक्त संस्थाले पौष्टिक आहार वितरण गरेको हो । कोभिड–१९ प्रभावित गर्भवती, सुत्केरी र ६ देखि २३ महिनासम्मको बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न नदिने उद्येश्यले पौष्टिक आहार वितरण गरिएको लाइफ नेपालकी आसना चौधरीले बताइन् ।

आपतकालीन पोषण कार्यक्रमको आयोजना गरी राजदेवी नगरपालिकाका वडा न. १ र २ का गर्भवती, सुत्केरी र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको चौधरीले बताइन् ।
प्रदेश २ का आठै जिल्लामा पोषणको अवस्थाको मध्यनजर गरेर तत्काल रौतहट र सर्लाही जिल्लामा गर्भवती, सुत्केरी र बालबालिकालाई पौष्टिक आहार वितरण गर्न लागेको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जनाए ।

ठाकुरका अनुसार रौतहटको राजदेवी नगरपालिकाबाट पौष्टिक आहार वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो । आठै जिल्लाका का गर्भवती, सुत्केरी र बालबालिकालाई पौष्टिक आहार वितरण गर्ने लक्ष्य लिएर कार्यक्रम अगाडी बढाएको अध्यक्ष ठाकुरले जनाए ।

Comment


Related News

Latest News

Trending News