अपडेट 
२०७७ माघ ९, शुक्रबार ०७:२०

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बैज्ञानिक बन ब्यवस्थापन पद्धती खारेज हुुने बताउँनुुभएको छ ।

बारा जिल्लाको टाँगिया बस्तीमा निर्माण गरिन लागेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल ठाउँको अनुुगमनको क्रममा सिमरामा पत्रकारहरुसँग संक्षिप्त कुुराकानी गर्दै उहाँले बैज्ञानिक बनको नाममा जथाभाबी बनबाट काठ निकाल्ने काम भईरहेकाले यो पद्धती ठिक नभएको बताउँनुुभयो । बैज्ञानिक बन ब्यवस्थापन पद्धती खारेज गरेर चाडै नै मापदण्ड बनाएर दिगो बन ब्यवस्थापन पद्धती लागुु गरिने जानकारी दिनुुभयो । मन्त्री परिषदको बैठकले बैज्ञानिक बनको नाममा काटिएको काठ बाहेक सम्पुुर्ण काठका प्रक्रियाहरु खुुल्ला गरेको जानकारी दिनुुभयो । उहाँले चाडै नै बैज्ञानिक बन ब्यवस्थापन नाममा काटिएको काठहरु छानबिन गरी निकास दिने बताउँनुुभयो ।बन तथा बाताबरण मन्त्री आलेले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा वन मन्त्रालयबाट कुनै अवरोध नहुने बताउनुभएको छ । ।सोही अनुगमनका क्रममा टाँगिया बस्ती पुुग्नुु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले दोस्रो अन्तराष्ट्रिय विमानस्थल देशकै नमूना विमानस्थल बन्न गईरहेको बताउनुभयो । विमानस्थल निर्माण हुुने टाँगिया बस्ती क्षेत्रमा नागरिक विस्थापन हुने भएकाले सबैभन्दा पहिले तिनको उचित व्यवस्थापन गरी विमानस्थल निर्माण अगाडि बढाईने बताउनुभयो ।

मन्त्री ढकालले विमानस्थल निर्माण भए देशकै मुहार फेरिने तथा यहाँकै नागरिकले प्रत्यक्ष रोजगारी र सेवा पाउने भएकाले विमानस्थल चाँडै निर्माण गरिने बताउनुभयो । बिमान स्थल निर्माण हुुँदा टाँगिया बस्तीका करिब एक हजार ४७६ घरधुरी बिस्थापित भईरहेका छन् ।

Comment


Related News

Latest News

Trending News