अपडेट 
२०७७ माघ ९, शुक्रबार ०७:२५

प्रदेश न-२ का सांसद विरेन्द्र सिंहले बुधबार सर्लाहीको धनकौल गाउँपालिका वडा न-१   धोविनिया स्थित आधारभूत  विद्यालय भवनको उद्घाटन गरेका छन् । 

आर्थिक वर्ष २०७६/०७७ मा शिलान्यास गरिएको उक्त विद्यालय भवनको सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि बुधबार एक कार्यक्रमका बिच प्रदेश सांसद  सिंहले  उद्धघाटन गरेका हुन् । चारवटा पक्की कोठा भएको उक्त  भवनको ३६ लाख रुपैंया लागतमा निर्माणकार्य सम्पन्न गरिएको विद्यालयका प्राधानाध्यापक महादेव महतोले बताएको छ । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष रामआश्रय साह, उपाध्यक्ष अकली सहनी, वडाध्यक्ष गौरीशंकर महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर महतो लगायत स्थानीय अविभावकहरुको उपस्थिती रहेको थियो।

Comment


Related News

Latest News

Trending News