अपडेट 
२०७७ माघ ९, शुक्रबार ०८:२१

देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ।

काठमाण्ड‍ौ उपत्यकासहित पहाडी जिल्लामा बिस्तारै मौसम खुल्दै जाने र दिउँसो घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।  आज पश्चिम तराईका जिल्लामा मौसम खुल्ने सम्भावना भने कम छ । पश्चिम तराईमा दिनभरि नै बाक्लो कुहिरो र हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।  उहाँकाअनुसार आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद्ले बताएका छन् । 

Comment


Related News

Latest News

Trending News