अपडेट 
२०७७ माघ ९, शुक्रबार १२:५४

सर्वोच्च अदालतमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गरिरहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । हिजो ६ जना कानुन व्यवसायीले बहस गरेका थिए । इजलासमा बोल्दा धेरै समय लिने, विषयवस्तु दोहोर्याउने गरेकाले कानून व्यवसायीलाई समय तोक्न थालिएको छ । एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन् । ती रिट निवेदनको तर्फबाट आज पनि कानून व्यवसायीले बहस गर्नेछन् । हिजोसम्म चारजना रिट निवेदकको तर्फबाट बहस भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना हुने वा विघटन सदर हुने सर्वोच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासोको विषय बन्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News