अपडेट 
२०७७ माघ ९, शुक्रबार १७:१६

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ मा अबस्थित शनिदेवमा बनअतिक्रमण गरि बनाएका घर टहरा हटाइएको छ । शनिदेव सामुदायिक बन उपभोक्ता समिती र बन कार्यालयले शुक्रबार बन अतिक्रमण गरि बनाईएको घरटहरा हटाइएको हो ।

शव डिभिजन बनकार्यालय शम्भुनाथ रुपनीका बनकर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मन्दिर संरक्षणका लागि बाबा र पुजारी बस्ने घर भत्किएको भक्तजनहरुले जनाएका छ्न । शनीदेव धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै गएको छ, पुजारी भुपेन्द्र यादवले भने, शनिदेव प्रती पुर्वग्राह राख्ने केही ब्याक्तीको उक्साहटमा बाबा र पुजारी बस्ने घर भत्काउनु दुस्खद कुरा हो । शनिदेव स्थल त पुरै बन क्षेत्रमा छ्न, पुजारी यादवले भने, बन अतिक्रमण भएको हो भने अरु घरटहरा किन हटाईएन । शनि देवलाई बदनाम गर्ने केही उछृङ्खल ब्याक्तीको पछाडी लागेर घरटहरा हटाउन समिती र बनकार्यालयको मिलोमतो रहेको यादवको भनाई छ । यादवले बन समितिका पदाधिकारीले शनि मन्दिरबाट आएको आम्दानी हालसम्म बाँडिचुडी खादै आएको र आफुले मन्दिर बिकासमा लगाउनु पर्छ भनेपछि बाबा बस्नलाई बनाएको घर भत्काईदिएको आरोप लगाए । यादवले २०६३ सालमा शिव शनिधाम मन्दिर बिकासका लागि स्थानीय निकायको सिफारिसमा स्थानीय प्रशासनबाट अनुमति प्राप्त गरेको जानकारी गराउदै अतिक्रमको नाममा शनिदेव भक्तहरुलाई दुख दिन नमिल्ने बताए । स्थानीय प्रशासनको सहयोगमा बन कार्यालय र समितिले अतिक्रम हटाउन शुरु गरेपछि शनिदेव विवादमा तानिएको छ ।

बिरेन्द्र बजार देखि ३ किलो मिटर उत्तर बन क्षेत्रमा रहेको शनि देवमा अबैध तरिकाबाट थुप्रै घर टहरा बनेका छ्न । बन अतिक्रम हटाउन शुरु भएपछी चर्चित धार्मिक पर्यटकीय क्षेत्रका रुपमा बिकास हुँदै गरेको शनिदेवको भबिश्य समाप्त हुने खतरा पुगेको स्थानीयहरु बताउछन् । सामुदायिक बन उपभोक्ता समितिका सचिब बेचन प्रसाद साहले डिभिजन बन कार्यालय सप्तरीले दिएको आदेश बमोजिम अतिक्रमीत टहरा हटाएको बताए । डिभिजन बन कार्यालय शम्भुनाथ रुपनीका प्रमुख साहायक बन अधिकृत रामअशिस यादवले डिभिजन बन कार्यालयको पत्राचार अनुसार सामुदायिक बनका आग्रहमा बन अतिक्रमण हटाउन कर्मचारी खटाएको स्वीकार गरे । बनअतिक्रमण गरि धेरै घरटहरा बनाएपनि एउटा मात्र टहरा भत्काएर बन कर्मचारी सहितको बन समिति फिर्ता भएका थिए ।

यस सम्बन्धमा डिभिजन बनकार्यालय सप्तरीका प्रमुख डिएफओ संतोष झा सँग टेलिफोन सम्पर्क गर्नु खोज्दा सम्पर्क हुन सकेन । २०५५ सालमा स्थानीय पण्डित सत्य नारायण साहले शनिदेवको स्थापना गरि पुजा गर्न शुरु गरेपछि हाल देशबिदेश बाट दैनिक हजारौं भक्तजनहरुको भिड लाग्ने गरेको छ । प्रत्येक शनिबार ठुलो आवतजावत संगै मेला समेत लाग्दै आएका छ्न । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले एउटा मात्र घर हटाउन पुर्वग्राह भएको बताउदै आफू बैठकमा रहेकोले पछि सबै कुरा बुझेर बताउने बन्दै पन्छिन खोजे ।

Comment


Related News

Latest News

Trending News