अपडेट 
२०७७ माघ ९, शुक्रबार १७:२२

लजनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेर आरोप लगाएका छन् ।

राजविराजमा शुक्रबार प्रेस मञ्च तथा प्रेस नेपालद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । स्वेच्छाचारी भएका कारण हिटलरको पतन भयो, संविधान मिचेर संसद विघटन गरेका प्रधानमन्त्री ओलीको पनि पतन निश्चित छ, उनले भने । उनले ओली पत तिर लागेकोले विभिन्न भ्रामक प्रचार गरेर पतनबाट जोगिने प्रयास गरिरहेको समेत बताए ।

नश्लिय चिन्तनको आधारमा बनाइएका पहिलेका सात वटा संविधान असफल भएको उदाहरण दिँदै उनले संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान पनि त्रृटीरहित नहुन सकेका कारण आफूहरु त्यसलाई सच्याउने अभियानमा लागेको स्पष्ट पारे । उनले भने, मुलुकलाई सबैको साझा बनाउनका लागि सर्वस्विकार्य संविधान बनाउने उद्देश्यका साथ हामी वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटेका छौं ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै नेता महतोले अदालतले दिने निर्णयको प्रतिक्षामा आफूहरु रहेको बताए । पहिले अदालतको निर्णय आओस, उनले भने त्यसपछि कसरी अघि बढ्ने कुराको भविष्यमा निर्णय हुनेछ । पत्रकार सम्मेलनमा जसपाका कार्यकारिणी सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिष समुन लगायतका नेता सहभागि थिए ।

Comment


Related News

Latest News

Trending News