अपडेट 
२०७७ माघ १०, शनिबार १४:०१

कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्नका लागि सबै प्रदेशमा संयोजक तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप अभियानलाई व्यवस्थित गर्न र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखहरुलाई संयोजकको जिम्मेवारी दिएको हो । मन्त्रालयका अनुसार डा.तारानाथ पोखरेललाई प्रदेश १, डा.मदनकुमार उपाध्याय प्रदेश २, बागमती प्रदेशमा डा.गुणराज लोहनी, गण्डकी प्रदेशमा डा.जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा.विकास देवकोटा, कर्णाली प्रदेशमा डा.अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा.कृष्ण पौडेललाई खोप व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

उनीहरुलाई सम्बन्धित प्रदेशमा खोप अभियानका लागि तयारी, खोप लगाउने व्यक्त्तिको नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको छ । भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ । उक्त खोपलाई मन्त्रालयले आवश्यक तयारी पुरा गरी सबै प्रदेशमा पठाउने तयारी गरेको छ । मन्त्रालयमा खोप पठाउने विषयमा शुक्रबार साँझसम्म छलफल चलेको र शनिबारबाट खोप पठाउने तयारी छ । सरकारले ७७ जिल्लाबाट एक साथ खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक जनशक्तिलाई तालिम दिने लगायतका काम भइरहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News