अपडेट 
२०७७ माघ १०, शनिबार २०:३१

प्रदेश सभासद रमेश पटेलले विकासको नाउमा प्रवेशद्धार निर्माण गर्नु जनबिरोधी काम भएको बताएका छन् ।

वीरगन्ज महानगरपालिका वार्ड नम्बर २४बहुअरीमा निर्माण भएको ढलान सडक उदघाट कार्यक्रममा सभासद पटेलले यस्तो धारणा व्यक्त गरेका हुन ।प्रदेश सभासदकोषको ५० लाखको लागतमा बहुअरीमा निर्माण भएको सढान सडकाको शनिबार बिहान सभासद रमेश पटेलले उदघाटन गरेका थिए। प्रदेश सभासद कोषबाट निर्माण भएको ढलान सकड उदघाटन कार्यक्रममा बोल्दै सभासद पटेलले नाला, सडक निर्माण,पुल, जस्ता जनताको अतिआवश्यकिय कामहरु आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउदै विकासन निर्माणको नाउमा ठाउ ठाउमा प्रवेशद्धार बनाउनु विकासका नाउमा बालुवा पानि पटाउनु सरह रहेको बताउनु भयो ।आफु जनताबाट मायाबाट जननिर्वाचित भएकोले क्षेत्रको जनताको सल्लाह अनुसार विकास निर्माणका कार्यमा लागेको बताउनु भयो ।

टोलसुधार समितिका अध्यक्ष गौरिशंकर द्धिवदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष दशरथ पटेलले महानगरपालिकाको सिमित श्रोत भएकोले वडा समितिबाट साना साना योजनाका काम भइरहेको र प्रदेश सभासद रमेह पटेलद्धारा भइरहेको ठुला अतिआवश्किय जोजनाहरुको सफलतामा वडा समिति सधै सहयोग गर्दै आएको बताएका थिए ।उक्त कार्यक्रममा वडा सदस्य रामकेश्वर कुशवाहा,साहित्यकार उमाशंकर द्धिवेदी,निर्माण समतिका अध्यक्ष शिवशंकर द्धिवेदी,डा आनन्द द्धिवेदी,बिरबल यादव,पुर्व गाविस अध्यक्ष रामशंकर द्धिवेदी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News