अपडेट 
२०७७ माघ ११, आईतवार ०७:५३

प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

संसद विघटनविरुद्ध लगातार आन्दोलन गर्दै आएको यो समूहको बैठक आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो । दुई दिनअघि शुक्रबार काठमाडौंमा प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शन गरेको थियो । आजको स्थायी कमिटी बैठकमा आन्दोलनका थप कार्यक्रमबारे छलफल गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आज साढे बाह्र बजे थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताए । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम गैरसंवैधानिक र अलोकतान्त्रिक भन्दै यो प्रचण्ड–माधव समूहसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, विवेकशील लगायतका दलहरु आन्दोलित भएका छन् ।

Comment


Related News

Latest News

Trending News