अपडेट 
२०७७ माघ ११, आईतवार ०७:५९

प्रदेश २ मा कोभिड–१९ विरुद्धको खोप कोभिसिल्ड खोप आज जनकपुरधाम आउने भएको छ ।

भारत सरकारले उपलव्ध गराइएको १० लाख कोभिसिल्ड खोप मध्ये जनकपुर आउने ४३ हजार ८ सय ४ डोज खोप ल्याउने तयारी भएको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका प्रमुख डा.प्रमोद यादवले बताए । प्रदेश २ सरकारले माग गरे बमोजिम खोप आज जनकपुरधाममा आइपुग्छ, डा. यादवले भने, ‘खोपको भण्डारण जनकपुरधाको मुजेलिया स्थित प्रदेश प्रशासनिक प्रशिक्षण केन्द्रमा गरिने तयारी भएको छ ।’ भारत सरकारबाट अनुदानमा प्राप्त खोपबाट संघिय सरकारले प्रदेशलार्य उपलब्ध गराएको डा.यादवले बताए । कोभिड–१९ विरुद्धको खोप राख्न २ देखि ८ डिग्रि सेल्सि तापक्रममा आवश्यक पर्छ । पुर्ण रुपले व्यवस्थित गरी राख्नुपर्ने भएकोले खोप तत्काल कन्टेनरमै राखिने यादवले बताए । कन्टेनरबाट प्रदेशका ८ वटै जिल्लामा आवश्यकता अनुसार वित्तरण गरिने छ । संघिय सरकारबाट प्रदेश सरकारलाई प्राप्त खोप जिल्ला तहमा वितरण गरिने छ ।

प्रदेश २ का ८ वटै जिल्लामा ५ देखि ९ हजार सम्म डोज उपल्बध गराउने तयारी भएको डा. यादवले बताए । जिल्लामा रहेको स्वास्थ्य कार्यालयहरुले विगतदेखि वित्तरण गर्दै आएका विभिन्न खोप जस्तै कोभिड– १९ विरुद्धको खोप भण्डारण गरेर पहिलो चरणमा सरकारी तथा गैर सरकारी सबै स्वास्थ्यकर्मिहरुलाई र महिला स्वय्सेविकाहरुलाई लगाउने तयारी गरिएको छ । प्रदेसमा खोप आएपनि प्रयोगमा ल्याउने जनशक्ति भने छैन । जनशक्ति अभाव रहेकोले खोप आएलगतै वितरण नहुने डा. यादवले बताए । खोप लगाउने तालिम स्वास्थ्यकर्मि छैनन्, डा.यादवले भने, ‘खोप लगाए गलतै स्वास्थ्यमा हुन सक्ने प्रभाव लगायतका विषयमा स्वास्थ्यकर्मिहरुमा जानकारी नभए सम्म खोप लगाउन सकिदैन ।’ खोप लगाउन स्वास्थ्यकर्मिलाई तालिम दिएर मात्रै खोप लगाउने कार्य सुरु हुने छ, उनले भने ।

Comment


Related News

Latest News

Trending News