अपडेट 
२०७७ माघ ११, आईतवार ०८:०४

जनताकाे हक अधिकार र समाजमा घटेका यथार्थ घटनाको समाचार  बनाएकै  कुरालाई लिएर पत्रकारलाई जेल सजाय र दण्ड जरिवाना गराउने खालका कानुन समाप्त गरि   प्रेस पुर्ण रुपमा स्वतन्त्र  नभए सम्म देशमा  संघीयता र लाेकतन्त्र स्थापित नहुने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताएको छ । 

नेपाल पत्रकार महासंघका राष्ट्रिय अध्यक्ष गाेविन्द  आचार्यले अाज(सनिवार) नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे  १० अाै साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट उहाँले यस्तो बताउनुभएको हो । सदरमुकाम मलंगवामा आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पाेखरेल, केन्द्रीय सचिव सितल महताे, केन्द्रीय काेषाअधयक्ष राजेश मिश्र र प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र चाैहान लगायतका अतिथीहरूले पनि प्रेस स्वतन्त्रकाे वकालत गर्दै पत्रकारहरूकाे हक-अधिकारकाे बारेमा आआफ्नोे  धारणा राखेका थिए । सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षतामा आयोजना भएको  कार्यक्रममा सर्लाही शाखाको   वर्तमान जिल्ला कार्यसमितिको तर्फबाट शाखाको  स्थापनाकाल देखिका ५ जना पुर्व अध्यक्षहरुलाई उहाँहरुले आ-आफ्नो कार्यकालमा  जिल्लाका श्रमजीवी पत्रकारहरुको हकहित  र  पत्रकारिता विकासको लागि खेल्नु भएको  भूमिकाको कदर गर्दै सम्मानित गरिएको छ ।

साथै सर्लाही शाखाको आफ्नै निजी भवन नभएको अवस्थामा निजी भवन निर्माणका लागि जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको अर्धनिर्मित भवनसहित जग्गा यस शाखाको नाममा हस्तान्तरण गरेर सहयोग पुर्याएको भन्दै समन्वय समितिका सभापति मेथुर चौधरीलाई समेत सोही कार्यक्रममा सम्मानित गरिएको छ ।    शाखाका कोषाध्यक्ष रामगोविन्द  यादवले  आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १० औं साधारणसभा सम्पन्न भएको छ ।

Comment


Related News

Latest News

Trending News