अपडेट 
२०७७ माघ ११, आईतवार ०८:११

नेपाल कम्युनिस्ट पार्टी ओली समूहको रौतहट निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यकर्त्ता भेला रौतहटको सदरमुकाम गौरमा शनिवार संपन्न भएको छ ।

प्रतिनिधि सभाको हुने निर्वाचनको तयारी गर्ने उदेश्यले आयोजना गरिएको क्षेत्रीय कार्यकर्त्ता भेलाको सम्वोधन गर्दै नेकपाका प्रदेश कमिटीका अध्यक्ष एवं नेपाल सरकारका शहरी विकास मंत्री प्रभु साहले निर्वाचन तोकिएको मितिमा नै हुने भएकोले निर्वाचनको तयारीमा जुटन कार्यकर्त्ताहरुलाई निर्देशन दिनु भएको छ । बहुमतको प्रधानमंत्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन संवैधानिक भएकोले निर्वाचन बैशाख १७ र २७ गतेमा हुने ठोकूवा समेत गरेका छन । शहरी विकास मंत्री साहले पदको लागि पार्टी भित्र विबाद गर्ने समूहले निर्वाचन नहुने भ्रम सृजना गर्दै गरेकोले त्यस तर्फ न लागि आफ्नो तयारी गर्न आग्रह गरे । माधव नेपाल तथा पुष्पकमल दहाल प्रचण्ड माथि व्यंग गर्दै मंत्री साहले भने नगदी अध्यक्षको सपना देखनेहरु बाटोमा उफ्रिँदै छन जे गरे पनि प्रधानमंत्री पद पाउदैन । आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमंत्री ओलीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र जनताको लागि सरकारको काम काजमा बाधा पुर्याउने गरेको कारण संविधान अनुसार प्रतिनिधि सभा विघटन गरिएको बताए ।

मुलुकमा नेकपा ओली समूह प्रति जनताको सहयोग समर्थन उत्साह पूर्वक देखिएकोले विकास विरोधी पद भोगी समूहबाट सचेत रहनलाइ कार्यकर्त्ताहरुलाई सुझाव दिए ।
कार्यक्रममा पार्टीका सांसद समीना हुसैन , प्रदेश सभा सदस्य कुन्दन कुशवाहा , नेता राज किशोर प्रसाद यादव लगायतका बक्ताहरुले आ आफ्नो विचार राखेका थिए ।

Comment


Related News

Latest News

Trending News