अपडेट 
२०७७ माघ ११, आईतवार ०८:२८

संघीय सरकारको कुल ऋण १४ खर्ब पुगेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक बुलेटिन अनुसार मंसिर मसान्तसम्ममा सरकारको आन्तरिक र बाह्य गरी कुल १४ खर्ब ९६ करोड ५६ लाख ऋण पुगेको छ । ३ करोड नेपालीलाई भाग लाउँदा हरेक नेपालीको टाउकोमा ४६ हजार ७ सय ऋण पुगेको छ । यद्यपि यो ऋण नेपाली जनताले प्रत्यक्ष तिर्नुपर्दैन । यस अवधिमा सरकारको आन्तरिक ६ खर्ब ७० अर्ब १४ करोड तथा बाह्य ऋण ८ खर्ब २० अर्ब ८२ करोड रहेको छ ।

आन्तरिक तर्फ १२ अर्ब २३ करोड ब्याज भुक्तानी भएको छ भने बाह्य ऋणतर्फ साँवा २९ अर्ब ५६ करोड तथा ब्याज २ अर्ब ६२ करोड गरी ३२ अर्ब ५६ करोड रकम भुक्तानी भइसकेको अर्थमन्त्रालयले जनाएको छ । यसै अवधिमा कुल २७ अर्ब २४ करोड बराबरको वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ६ अर्ब ३२ करोड ३५ लाख वैदेशिक अनुदान भित्रिएको छ । यसै वर्षको मंसिर मसान्तसम्ममा २० अर्ब ९१ करोड ८६ लाख वैदेशिक ऋण भित्रिएको मन्त्रालयले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News