अपडेट 
२०७७ माघ ११, आईतवार १६:११

अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन सरकारले तयारी पूरा गरेको बताउनुभएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको सय दिन पुरा भएको सन्दर्भमा पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न ४० अर्ब रुपैयाँ जुटाएको बताउनुभएको छ । योसँगै कोरोना जोखिमबाट नागरिकलाई जोगाउन सकिने उहाँले दाबी गर्नुभयो । अर्थमन्त्रालयले विदेशी दाताहरूसँग पहल गरेर ४० अर्ब जुटाएको उहाँले बताउनुभयो । मन्त्री पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो । अपुग १० अर्ब रुपैयाँ रकम जुटाउन समन्वय भइरहेको पनि अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

भारतले दश लाख डोज खोप अनुदानमा दिइसकेको र चीनबाट पनि त्यस्तो सहयोग आउने क्रममा रहेको उहाँले बताउनुभयो । सरकार गुणस्तर, उपलब्धता, मूल्य र अनुकुलता हेरेर खोप खरिद गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News