अपडेट 
२०७७ माघ १२, सोमबार ०७:५३

बाराको सिम्रौनगढ नगरपालिका नम्बर ५ स्थित रहेको उचिडिह प्राथमिक स्वास्थ्य कार्यालयमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय नं २ प्रदेश, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा श्री चन्दननाथ गण र श्री नं २८ फि. ए. गुल्मको संयोजकत्वमा एवम सिम्रौनगढ नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर गरिएको थियो । नेपाली सेना र नागरिक बिचको सम्बन्धलाई प्रगाड बनाउन र जनतासंग प्रत्यक्ष घुलमिल गर्नमा सहयोग पुग्ने उदेश्यले सो शिविरको आयोजना गरिएको श्री नम्बर २८ बाहिनीका बाहिनीपति जोनसन खडकाले जानकारी दिए । श्री नं. २८ फि.ए. का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानियहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरेका थिए ।

“दुःखको बेला नेपाली सेना, जनतासँग“ भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाईरसका कारण तथा आर्थिक विपन्नताको कारण औषधी उपचार गराउन नपाएका सर्व(साधारणहरुको उपचार गरिएको चन्दननाथ गणका गणपति श्यामशरण गोतामेले बताए । उक्त स्वास्थ्य शिविरमा करिव ७ सय जना सर्वसाधारणहरुको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा १ सय ८९ जना महिला १ सय ४५ जना पुरुष र ७६ जना बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरी औषधी बितरण गरेका थिए । महिलाहरुमा धेरै सन्तान जन्माउने कारणले हुने समस्याहरु सो शिविरमा उपचारको लागि आएका अधिकांश महिलाहरुमा देखिएको थियो डाक्टर अधिकृत सहसेनानी दृष्टिना प्रधानले जानकारी दिईन । स्वास्थ्य परीक्षण गर्दा स्थानियहरुमा श्वास प्रश्वास, ग्याष्ट्रिक, हाडजोर्नी, एलर्जि, आखाको समस्या, पेट सम्बन्धिका रोगहरु बढि मात्रामा देखिएको र उक्त शिविरमा स्थानियहरुलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, ई. सी. जी. लगायतका सेवाहरु प्रदान गरि निःशुल्क औषधी वितरण गरिएको थियो । श्री नम्बर २८ फिल्ड एम्बुलेन्स का डाक्टर अधिकृत सह सेनानी सृष्टिना प्रधानको नेतृत्वमा १५ जना मेडिकल टिमले चेकजाच गरेका थिए ।

आफ्नै गाउँ-ठाउँमा निःशुल्क स्वास्थ्य उपचार तथा औषधी पाएपछि सिम्रौनगढ नगरपालिका वडा नम्बर १० का जगदिस पंडितले खुशी गर्दै नेपाली सेनालाई धन्यवाद दिएका हुन । श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति जोनसन खड्काको समन्वयमा संचालित उक्त स्वास्थ्य शिविरको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख बिजयशंकर यादवले उदघाटन गरेका थिए । रिबन काटी उदघाटन गरेका कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नगर क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरि आफनो कर्तब्य निर्वाह गरेका बताए । शिक्षा, स्वास्थ्य सरसफाई सुशासन कायम गर्नेका लागि आफुले काम अगाडी बढाई रहेको भने । कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, श्री चन्दननाथ गणका गणपति प्र.से. श्री श्याम शरण गोतामे, प्रहरी उपरिक्षक दिपेन्द्र शाही सशस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक, स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकारहरु, शिक्षकहरुको ठुलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

यो भन्दा अगाडी करैयामाई गाउपालिका .७ उमजनमा ४ सय १० जनालाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण साथै जितपुर सिमरा डुमरवानामा १ सय ५० वटा कम्वल बितरण, रौतहटमा शिविर संचालन गरी जनहितका कार्यहरु संचालन गर्दै नेपाली सेनाले आम नागरिक एवम सेना बिचको सम्बन्ध अझै प्रगाड बनाउनमा जनसेवाका कामहरु सार्थक हुदै आएको हो ।

Comment


Related News

Latest News

Trending News