अपडेट 
२०७७ माघ १२, सोमबार ०८:१२

नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) जनता साजवादी पार्टी नेपालमा गाभिएको छ ।

आइतबार आयोजित पार्टी एकता कार्यक्रममा नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) जसपामा गाभिएको हो । एकीकरणको घोषणासँगै शिवलाल थापा मगर समूहका सबै सदस्यहरु जसपा नेपालका सदस्यमा रुपान्तरित भएको घोषणा गरिएको छ । एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जसपा अहिले तेस्रो शक्तिको रुपमा रहेको र अब आगामी दिनमा पहिलो पार्टीको रुपमा आउने दाबीसमेत गरेका छन् ।

उनले मुलुकलाई पूरा दलहरु (कांग्रेस र कम्युनिष्ट)ले निकास दिन नसक्ने दाबी गर्दै जसपाले नै सबै उत्पीडित वर्ग र समुदायलाई अधिकार दिलाउने बताए । एकता कार्यक्रममा संविधानसभाका सदस्य तथा नेतृ आशा चतुर्वेदीले जसपा मुलुकको वैकल्पिक शक्ति निर्माण हुने बताइन् । उनले जसपामा आउँदा आफ्नै घरमा फर्केको अनुभूतिसमेत उनले सुनाइन् । कार्यक्रममा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु सर्वेन्द्रनाथ शुक्ल, नवराज शिलवाललगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेता केशव झाले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News