अपडेट 
२०७७ माघ १२, सोमबार १५:३२

देशभर हुने कोरोना भाइरसविरुद्धको खोप अभियानका लागि आज देशभरका ६ सय बढी स्वास्थ्यकर्मीलाई तालिम दिइँदै छ ।

कोभिडविरुद्धको खोप र यसका लागि अपनाउनुपर्ने सवाधानी, खोप खेर जान नदिन के गर्ने ? भन्नेबारे स्वास्थ्यकर्मीहरूलाई खोपसम्बन्धी तालिम दिन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख, प्रदेशका कोलचेन अधिकृतहरु पनि त्यसमा सहभागी छन्। दुईपटक लगाउन’पर्ने यो खोप पहिलो डोज लगाएकाहरूलाई २८ दिनपछि दोस्रो डोज लगाइनेछ ।

खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या २ लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइ कर्मी, एम्बुलेन्सचालक, शववाहनचालक,महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी रहेका छन् ।

Comment


Related News

Latest News

Trending News