अपडेट 
२०७७ माघ १३, मंगलवार ०७:५२

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित श्री युवाबर्ष आधारभुत बिधालय जगमोहनमा सोमबार बिधालय ब्यबस्थापन समिती गठन भएको छ ।

शिक्षा बिकास तथा समवन्य ईकाई सप्तरीका शाखा अधिकृत भवानी प्रसाद कटेलको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा आयोजित अभिभावक भेलाबाट समिती गठन भएको हो । भेलाले धनश्याम चौधरी, सितामाया तामाङ, मायादेवी सदा र ममता चौधरीलाई सर्वसम्मत बिधालय ब्यबस्थापन समितिमा चयन गरेको पुर्व अध्यक्ष ताराकान्त चौधरीले जानकारी दिए । सोही भेलाले कृष्णादेव चौधरीको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । गठित समितीको सदस्यहरुमा शिव चरन चौधरी,महेन्द्र सदा, सम्झना कुमारी तामाङ,सपना तामाङ,राम कुमारी चौधरी, अनिता कुमारी चौधरी रहेका छ्न । कार्यक्रम शुभकामना मन्तव्य व्यक्त गर्दै गाउँपालिका अध्यक्ष यादवले सर्वसम्मत ब्याबस्थापन समिती गठन गर्न सफल भएकोमा अभिभावकहरुलाई धन्यवाद दिए । सहमतिका साथ सहज रुपले समिती गठन गरेकोमा प्रशंसा गर्दै अध्यक्ष यादवले अरुले भन्दा फरक र नमुना काम गरेर देखाउन नवनिर्बाचित पदाधिकारीहरु आग्रह गरे ।

नवनिर्वाचित समितिको कार्यकाल सफलताको शुभकामना दिदै अध्यक्ष यादवले बिधालयको उन्नति प्रगतिका तथा बिकासका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा रुपनी गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम प्रसाद यादव, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, रुपनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बद्री नारायण चौधरी, पत्रकार बृजमान तामाङ लगायतकाले नवनिर्वाचित पदाधिकारीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । शिक्षक रामलगन चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक कन्तलाल चौधरीले गरे । बिधालय ब्यबस्थापन समितीमा दाता, बुद्धिजिविहरुबाट सदस्य मनोनीत गरेपछि सोही मध्यबाट अध्यक्ष चयन हुने शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीका शाखा अधिकृत भवानी प्रसाद कटेलले जानकारी दिए ।

अभिभावक भेलामा त्रेमाशिक परिक्षाको प्रगति विवरण समेत बिद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News