अपडेट 
२०७७ माघ १३, मंगलवार ०८:१४

धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय बरबरियाका भाई विजय यादवले कार्यालयमा कार्यरर इन्जिनियर सन्जय यादवलाई कार्यकक्षमै पिटपाट सहित गालीगलौज गरेका छन् ।

कोटेशनमा काम गरेका मेयर वरवरियाका भाईसंग कमिसन मागेको भन्दै इन्जिनियर यादवलाई मारपिट गरेको हो । मेयर वरवरियाले कमिसन विना कसैको विल पास गर्न नभनि दिएको निर्देशन अनुसारनै इन्जिनियर यादवले कमिसन मागेपछि उनका भाई आफु मेयरको भाई रहेको र कमिसन नदिने भनेपछि इन्जिनियर यादवमाथि मेयरका भाई यादव जाइलागेका थिए । साथै इन्जिनियर यादवको कार्यकक्षमा तोडफोड समेत गरिएका थिए । एक स्थानीय प्रत्यक्षदर्शीका अनुसार नगरप्रमुखका भाई विजयले गालीगलौज गर्दै इन्जिनियर यादवलाई हातपात गर्नुका साथै टेबलमा भएको समानहरु समेत फालेका थिए । इन्जिनियर यादवलाई कुट्न विजयले २०÷२५ जना युवा समेत कार्यालयमा लगेका थिए । सो युवाहरुले होहल्ला गरेपछि कार्यालयमा भीड नै लागेको थियो । लगत्तै सुरक्षाकर्मी समेत पुगेको र त्यसपछि अवस्थामा सामान्य भएको बताइएको छ । कार्यालयमा कार्यरत्त कर्मचारीहरुका अनुसार यहाँका अधिकांश योजनाको ठेक्का मेयरका भाई विजय नै पाउँने गरेकाछन् ।

कर्मचारीबाट सानो समस्या भयो भने सधै गाली गर्नेगर्छन् । आज त हदै पार ग¥यो । कर्मचारीलाई तथानाम गाली गर्दै कुटपिट नै गरियो उनीहरुले भने । यसरी कर्मचारीमाथि हातपात हुँदा कसरी काम गर्ने ।’ इन्जिनियर यादवले आफुमाथि भएको दुव्र्यवहारबारे खुलेर बोल्न मानेका छैनन् । उनले नेपाल प्रेससँग भने, ‘यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सरसँग सोध्नुस् ।’ तर प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवको फोन उठेन । उनी सम्पर्कमा छैनन् । बिजयले फेसबुकमा आफ्नै सहोदर दाई नगर प्रमुख बरबरियाको कार्यशैलीमाथि समेत प्रश्न उठाएका छन् ।

बिजयले फेसबुकमा लेखेका छन्, ‘एफबी (फेसबुक)मै समृद्ध नगरपालिका बन्दैन एफबी मेयर साहेब ।’ यसबारे नगरप्रमुख बरबरियाले भन्छन्, ‘आवेगमा आएर लेखेको होला ।’ बिजयले इन्जिनियर यादवलाई हातपाट तथा दुव्र्यवहार गर्नु अगाडी नै फेसबुकमा स्टाटस लेखेर धम्की दिएका थिए । भनेका थिए, ‘अधिकृतलाई बिलपास गर्नुभन्दा पहिले नै कमिशन चाहियो । आमाको दुध खाएको छौं भने भोली आउ नगरपालिका, कुकुरहरु ।’ ७ लाखको ग्राभेलको काम गरेको र कमिशन नदिएपछि घटाएर ४ लाखको मूल्यांकन गरेकोमा विजयले आक्रोस पोखेका छन् । उनले इन्जिनियरको योग्यतामाथि समेत प्रश्न तेर्साएका छन् । भारतबाट सर्टिफिकेट ल्याएका इििन्ज्नयर होइन्, लोकसेवा पास गरेका इन्जिनियरको माग समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News