नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न कांग्रेस बैठक बस्न लागेको हो । पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको थियो। तर त्यो दिन पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधिसभा विघटन र १४ औं महाधिवेशन लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको भएपनि सभापति शेरबहादुर देउवाले सर्वोच्चको फैसला कुर्ने बताइरहँदा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे छलफल हुने बताइएको छ ।