अपडेट 
२०७७ माघ १३, मंगलवार १२:३०

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ ११औँ दिन आज पनि जारी छ ।

सोमवार दिउँसोबाट बहस शुरु गर्नुभएका वरिष्ठ अधिवक्ता शम्भु थापाले आज पनि बहसलाई निरन्तरता दिनुभएको छ । सोमबार उहाँको बहस नसकिएपछि आज पनि निरन्तरता दिनुभएको हो । बहसको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ। विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिस सदर भएको थियो। साथै नयाँ निर्वाचनको समेत सोही दिन मिति तोकिएको थियो।

सो निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको हो। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी रहनुभएको छ ।

Comment


Related News

Latest News

Trending News