अपडेट 
२०७७ माघ १३, मंगलवार १५:३३

वीरगन्ज स्थित महावाणीज्यदुतावासले भारतको ७२ औ गणतन्त्र दिवस एक कार्यक्रम गरी मनाएको छ ।

वीरगन्जको श्रीपुरमा अवस्थित भारती महावाणिज्य दुतावास कार्यालयमापरिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्य दुत नितेश कुमारले भारतको झन्डातोलन गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्धारा जारी गरिएको सन्देश बचान गरेका थिए ।कार्यक्रममा प्रदेश नम्बर २का मुख्यमन्त्री लालबाबुराउत गद्दीले ७२ओ गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै भारत नेपालको असल मित्र भएको बताएका थिए । युगौंदेखिको नेपाल–भारत बिच बहुआयामिक सम्बन्ध रहेको बताउदै उनले दुबै देशबिचको सम्बन्ध सरकार स्तरिय मात्र नभइ रोटी बेटी विचको सम्बन्ध रहेको बताए द्दभने, ‘नेपाल भारत बिचको सम्बन्ध दुइ देशको मात्र नभइ दुबै देशबिच जनजनकोे सम्बन्ध रहेको छ ,नेपालमा आएको भुकम्पहोस वा टोरन्टो अथवा अहिले पुरा बिश्व नै आक्रांत रहेको कोरोनामा पनि भ्यासिन प्रदान गरेर भारतले अतुलनीय सहयोग गरेको छ ।’ उनले यस्तो संकटको घडीमा भारतले कोरोनाको भ्यासिन प्रदान गरी अतुलनिय सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा मुख्य मन्त्री लालबाबु राउत गद्दी,भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल भारती महावाणिज्य दुत नितेश कुमार ,सांसद प्रदिप यादव,महानगरप्रमुख बिजय कुमार सरावगी लगायत सहभागी प्रदेश सभासदहरुले शन्तिको प्रतिक बैलुन संयुक्त रुपमा उडाएका थिए । महावाणिज्य दुतावासका सुचना,सांस्कृती तथा सुरक्षा बाणिज्यदुत सुरेश कुमारले कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । गणतन्त्र दिवस कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा अधिकारी ,उधोगपति,संचारकर्मि लगायत नेपालमा रहेका भारती नागरिकहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News