२०७७ माघ १३, मंगलवार १७:०७

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ ।

अदालत प्रशासनले प्रधानमन्त्री ओलीविरुद्धको अदालतको अपहेलना मुद्दा मंगलबार दर्ता गरेको हो। वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको मुद्दा दर्ता भएको हो। उनीहरुले ९४ वर्षीय वकिल कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गरेको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दर्ता गरेका हुन् । प्रधानमन्त्रीको अभिव्यक्तिबाट न्याय प्रक्रियाको गरिमामा आँच पुर्याएको र न्यायालयको समेत अपहेलना भएको उनीहरुको दाबी छ ।

Comment

Related News

Latest News

Trending News