अपडेट 
२०७७ माघ १४, बुधबार ०७:४२

महोतरी–सर्लाही सिमना बाके नदीमा अबैध उत्खनन मौलाएको छ । सागरनाथ वन विकास परियोजना क्षेत्रमा उत्खनन परिणामको तथ्याङ्क लुकाएर ठेक्का लागेको परिणाम भन्दा बढी उत्खनन गरेको स्थानिय राकेश गौशला–१२ का राकेश महतोले बताए । गौशला र इश्वरपुर क्षेत्रस्थित बाँके खोलाबाट सम्झौता विपरित ठेकेदार कम्पनीले आधा दर्जन स्काभेटर प्रयोग गरी दादागिरी शैलीमा गिट्टी वालुवा उत्खनन् गरिरहेको महतोले बताए ।

पूर्व–पश्चिम लोकमार्ग बाँके चोकबाट ३ किलोमिटर दक्षिणमा बाके नदीमा गहिरो खाडल बनाएर गिट्टी बालुवा निकालेको भन्दै एकसाता पहिले गाँउका युवाहरुको समुहले उत्खन्न गर्न अवरोध गरेका थिए । तथापी उत्खनन् रोकिएको भोलीपल्टबाट प्रहरीको आडमा पुनः गिट्टीवालुवा निकाल्न सुरु भएको छ । अहिले उत्खनन् भइरहेको ठाउँमा सातवटा स्काइभेटर र सय भन्दा बढी टिपर दौडीरहेका छन् ।

नगरपालिकाको निर्देशनमा आफ्ना गलत कामको प्रमाण लुकाउन उत्खनन् गरिएका ठूल्ठूला खाडल पुरिएको महतोले गुनासो गरे । स्थानीयका अनुसार उक्त नाका अन्तर्गत खोलामा उत्खनन् गरिएको ठाउँमा १२ देखि १५ फीट गहिरो खाडलको प्रमाण मेटाउन इश्वरपुर नगरपालिका नै लागि परेको छ । महतोले ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधी समेतको मिलेमतोमा अबैध उत्खनन् भइरहेको आरोप लगाएका छन् ।

खोला उत्खन्नको अनुमती पाएको शिवम् कन्ट्रक्सन जनकपुर–४ धनुषाले अबैध ढंगले नदिजन्य पदार्थ निकालेको इश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष रामकरण महतोले स्विकारेका छन् । उत्खनन् भएको ठाउँबाट दुइसय मिटर पश्चिममा रहेको श्रीनगर घाटटोल गाउँ बाँकेखोलाको उच्च जोखिमा छ । त्यस्तै नगरकै १२ नम्वर वडा, कान्तीबजार लगायत दर्जनौ गाउँ डुवान र उर्वरभुमी कटानको चपेटामा पर्ने स्थानिय गोपाल बम्जनको चिन्ता छ ।

यसरी विकासको नाममा जथाभावी गहिरो खाडल खनेर वस्तिलाई नै जोखिममा पार्ने गरी नदीजन्य पदार्थ उत्खनन् गर्न नहुने बम्जनले बताए । प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भए अनुसार इश्वरपुर नगरपालिका–१३ श्रीनगर घाटटोलस्थित बाँकेखोलाबाट १.५ मिटर अर्थात ५ फिट गहिराई र ४ लाख ५० हजार ८०५ घनमिटर गिटी गिटी बालुवा निकाल्न मिल्ने गरी गएको मंसिर १ गते एक करोड ८ लाख रुपियाँमा नगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको मेयर देवकोटाले जानकारी दिए ।

ठेकेदार कम्पनीले जहाँ पायो त्यही मनपरी खनेको पाईएको छ । खनेका खाडल १२ देखी १५ फिट भन्दा गहिरो छ । ठेकेदार कम्पनीले उत्खन्न गरे पछि निरिक्षण गर्नु पर्ने नगरपालिका कार्यलयका कर्मचारी तथा जनप्रतिनिधीले स्थानीयबासीबाट आएको गुनासोमा कुनै वास्ता नगर्नुले उनिहरु समेत मिलेमतोको आशंकाको घेरामा रहेको स्थानीयको आरोप छ ।

अहिले उत्खनन् भइरहेको स्थानमा यसैगरी गहिरो खनेर गिटी बालुवा निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर २०७५ साल असार १४ गते इश्वरपुर नगरपालिका–१३ श्रीनगर घाटटोलका ११ बर्षीय सुमित यादवको मृत्यु भएको भियो । उनको मृत्यु भएपछि २०७५ असार १५ गते पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बाँके चोकमा चक्काजाम गर्न पुगेका स्थानिय र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर सोहीस्थानका २५ बर्षिय सरोज सिंह कुशवाहाको ज्यान गएको थियो भने दर्जनौ सर्बसाधारण घाइते भएका थिए ।

Comment


Related News

Latest News

Trending News